स्वतन्त्रको दस्तावेज- ‘संविधान र व्यवस्थाको विकल्प खोजेका होइनौँ’ – Nepal Press

स्वतन्त्रको दस्तावेज- ‘संविधान र व्यवस्थाको विकल्प खोजेका होइनौँ’

काठमाडौं । स्वतन्त्र उम्मेद्वारहरुको प्रथम राष्ट्रिय विशेष भेला आज काठमाडौंमा भइरहेको छ । भेलामा स्वतन्त्र उम्मेदवारी राष्ट्रिय अभियानका संयोजक डम्बर साहुले ६ पानाको अवधारणापत्र राखेका छन् ।

स्वतन्त्रहरूले कस्तो राजनीतिक व्यवस्था खोजेका हुन ? भन्ने चर्चा चलिरहेकै बेला सो अवधारणापत्रमा भने संविधान र व्यवस्थाको विकल्प नखोजिने विषय उल्लेख छ ।

साहुको अवधारणापत्रमा भनिएको छ, ‘हामी स्वतन्त्र अभियन्ताहरूले वर्तमान संविधान र व्यवस्थाकै विकल्प खोजेका होइनौँ हामीले व्यवस्थाभित्र राजनीतिक शुद्धीकरण खोजेका हौँ ।’

स्वतन्त्र उम्मेदवारी अभियानले राजनीतिक दलहरूमा शुद्धीकरण, प्रशासनमा सुधार एवं सुशासन खोजेका कुरा उल्लेख छ ।

तर, संवैधानिक आयोग, सार्वजनिक संस्थान एवं राजनीतिक नियुक्तिहरूमा राजनीतिक दलका कार्यकर्ता भर्ती गर्ने क्रमलाई रोक्न र स्वतन्त्र व्यक्तिहरूको नेतृत्व खोजेको दस्ताबेजमा उल्लेख छ ।

‘हामीले अहिले व्यवस्था परिवर्तनमा होइन, राजनीतिक शुद्धीकरणमा जोड दिनुपर्छ । यसका लागि संविधानमा जे छ, त्यसैमा टेकेर अगाडि जान सकिन्छ,’ साहुको दस्ताबेजमा भनिएको छ,‘राजनीतिक दलहरूमा सुधारका लागि पार्टीभित्रबाट पनि युवा र राम्रालाई उम्मेदवार बनाउन दबाब दिइनुपर्छ । स्वतन्त्र उम्मेदवार नउठेका ठाउँमा पार्टीका राम्रा मान्छेलाई सघाउन सकिने उदार नीति लिनुपर्दछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर