कीर्तिपुर यु–२३ बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा – Nepal Press

कीर्तिपुर यु–२३ बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौं । लगातार तेस्रो जित निकाल्दै कीर्तिपुर यु–२३ पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा शुक्रवार कीर्तिपुरले बलर्स एकेडेमीलाई ७५–४९ ले पराजित गर्‍यो । कीर्तिपुरका इनाप महर्जनले १२ अंक जोडे ।

आजै भएको खेलमा टाइम्सले मेरिलियोनलाई ८७–५१ स्कोरले हरायो ।

यस्तै, विशाल मिलन केन्द्र (बीएमके) ले आईएसए नेपाललाई ७७–६०को नतिजामा पराजित गर्दा रोयलले जेभियरलाई १०३–६० ले हरायो ।

टाइम्सका विजेश तामाङले २१, बीएमकेका दिप्सन केसीले १९ तथा रोयलका निकेश रखाल मगरले २७ स्कोर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर