नयाँ भारतीय राजदूतले परराष्ट्रमन्त्री खड्कालाई भेटे – Nepal Press

नयाँ भारतीय राजदूतले परराष्ट्रमन्त्री खड्कालाई भेटे

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गरेका छन् ।

आज परराष्ट्र मन्त्रालय पुगेर उनले खड्कासहित परराष्ट्र सचिव भरत राज पौड्यालसँग भेटेका हुन् ।

भारतीय दूतावासका अनुसार भेटका अवसरमा द्विपक्षीय सम्बन्धका विविध आयामहरूबारे छलफल भएका थिए ।

दुई देशको सम्बन्धलाई सकारात्मक दिशा दिन उपलब्धिपूर्ण कुराकानी भएको दूतावासले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर