तेक्वान्दो प्रतियोगितामा कमललाई रजत – Nepal Press

तेक्वान्दो प्रतियोगितामा कमललाई रजत

काठमाडौं । नेपालका कमल श्रेष्ठले छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् ।

दक्षिण कोरियाको सिओलमा भएको प्रतियोगिताको ४० वर्षमुनि पुरुष एकल पुम्सेमा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले स्वर्ण जितेका हुन् ।

प्रतियोगितामा सहभागी अन्य नेपाली खेलाडी वीरबहादुर महरा, पार्वती गुरुङ, कृष्णबहादुर तामाङ र प्रेमबहादुर लिम्बू पदकविहीन रहे ।

प्रतियोगितामा नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

उनले क्योरोगीमा ७ र पुम्सेमा १२ गरी १९ ‘बाउट’ खेलाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *