भरत र नवयुग अमेरिकामा सम्मानित – Nepal Press

भरत र नवयुग अमेरिकामा सम्मानित

काठमाडौं । नेपाली फुटबल खेलाडीद्वय नवयुग श्रेष्ठ र भरत खवास अमेरिकाको बाल्टिमोरमा सम्मानित भएका छन् । उनीहरूलाई मेरिल्यान्डको स्टेट १० का डेलिगेट डाक्टर जे जेलेसीले सम्मान गरेका हुन् ।

अमेरिकाको बाल्टिमोरमा हुन लागेको एनएसी फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि भरत र नवयुग बिहिबार अमेरिका पुगेका हुन् ।

प्रतियोगिताको आयोजक मेरिल्यान्ड एथलेटिक्स क्लबले आयोजना गरेको कार्यक्रममा दुबैलाई नेपाली फुटबलमा पुर्‍याएको योगदानका लागि सम्मान गरेको हो ।

सोही कार्यक्रममा विभिन्न क्षेत्रबाट अमेरिकाको बाल्टिमोरमा सहयोग गरेका निकायका प्रतिनिधिलाई पनि सम्मान गरिएको छ। यस्तै कार्यक्रममा सुदूरपश्चिम समाज बाल्टिमोरका युवा समाजसेवी तथा बानाका बोर्ड अफ डिरेक्टर र खेलकुद विभागका उप–संयोजक विक्रम शाही पनि सम्मानित भएका छन् ।

सम्मानित हुनेमा साथी बाल्टिमोरका अध्यक्ष रमेश भट्ट, सोही संस्थाका क्रिकेट डाइरेक्टर उत्सव सिग्देल, विश्व किरण थापा, सुमन क्षेत्रीसँगै एनआरएनए मेरिल्यान्ड च्याप्टरका सचिव प्रवीण खड्कालाई पनि सोही कार्यक्रममा सम्मान दिइएको हो ।

कार्यक्रममा एनआरएनए मेरिल्यान्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीले एनएसी फुटबल प्रतियोगितामा सहभागिता जनाउन आएका सबै टिमका खेलाडीलाई स्वागत मन्तव्य दिएका थिए ।

यस्तै एनआरएनए एनसीसी अमेरिकाका सचिव अनुप खनाललाई पनि बाल्टिमोरमा पुर्‍याएको योगदानको कदर गर्दै डिस्ट्रिक्ट ८ का डेलिगेट्स कार्ल ज्याक्सन, हेरी भण्डारी र जोसेफ सी बोट्लरले सम्मान गरे ।

यस्तै मेरिल्यान्डमा रहेको विभिन्न समाजका प्रतिनिधालाई पनि सोही कार्यक्रममा सम्मानित गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *