अपर अरुणमा भोजपुरबाट २५ अर्बको लगानी प्रतिबद्धतासहित ऊर्जामन्त्रीको ध्यानाकर्षण – Nepal Press

अपर अरुणमा भोजपुरबाट २५ अर्बको लगानी प्रतिबद्धतासहित ऊर्जामन्त्रीको ध्यानाकर्षण

काठमाडौं । भोजपुरका सामाजिक तथा राजनीतिक अगुवाहरूले अपर अरुण आयोजनाको शेयरका लागि जिल्लालाई लगानीको वातावरण बनाइदिन ऊर्जामन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराएका छन् ।

भोजपुर-संखुवासभाको सिमानामा रहेको अरुण नदीस्थित अपर अरुण जलविद्युत आयोजना कम्पनीद्वारा निर्माण गर्न लागिएको १०६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत आयोजनाले प्रदेश १ को समृद्धिमा योगदान पुर्‍याउने भएकाले यसको निर्माण कार्य यथाशीघ्र अघि बढाउनसमेत उनीहरूले माग गरेका छन् ।

आयोजनामा हुने स्व:लगानीको निश्चित प्रतिशत भोजपुरबासीको लागि छुट्याउने प्रबन्ध मिलाइदिन माग गर्दै प्रतिनिधिमण्डलले २५ अर्ब बराबरको इक्विटी शेयर लगानी गर्न सक्ने प्रतिबद्धता जनाएका छन् ।

भोजपुरको जनसंख्या करिब २ लाखमध्ये १ जना ले कम्तीमा १० लाख लगानी गर्दा २० अर्व लगानी गर्न सजिलै सकिने आधार प्रस्तुत गरिएको छ । कसैले सो रकम लगानी गर्न असक्षम भए बाँकी रहेको शेयर लगानी गर्न इच्छुक जिल्लाबासीबाट जुटाइने ऊर्जामन्त्रीसमक्ष प्रस्ताव गरिएको छ । भोजपुरका स्थानीय निकाय, संघसंस्थाहरूबाट पनि लगानी गरिने प्रतिबद्धता जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर