टोटेनह्यामले भित्र्यायो रिचार्लिसन – Nepal Press

टोटेनह्यामले भित्र्यायो रिचार्लिसन

काठमाडौं । ब्राजिलियन फरवार्ड रिचार्लिसनलाई टोटेनह्यामले अनुबन्ध गरेको छ । शुक्रवार उनलाई पाँच वर्षका लागि ६०मिलियन पाउन्डमा एभर्टनबाट टोटेनह्यामले भित्र्याएको हो ।

२५ वर्षीय रिचार्लिसनले गत सिजन एभर्टनलाई रेलिगेसनबाट बचाउन १० गोल र पाँच असिस्टको मद्दत गरेका थिए । उनले जुलाई २०१८मा वार्टफोर्डबाट एभर्टन गएपछि १ सय ३५ खेल खेल्दै ४३ गोल गरेका छन् ।

रिचार्लिसनले सेप्टेम्बर २०१८ मा ब्राजिलको राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । उनले हालसम्म राष्ट्रिय टिमबाट ३६ खेल खेल्दै १४ गोल गरेका छन् ।

सन् २०१९मा उनी कोपा अमेरिकाका लागि ब्राजिलबाट २३ सदस्सीय टिममा परेका थिए । फाइनलमा उनको गोलको मद्दतमा ब्राजिलले सन् २००७ पछि पहिलो पटक कोपा अमेरिका उपाधि जितेको थियो ।

रिचार्लिसनले २०२०को टोक्यो ओलम्पिकमा ब्राजिलले स्वर्ण पदक जित्दा उनले पाँच गोल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *