पाठ्यपुस्तक अभाव गराएको भन्दै जनक शिक्षाका प्रमुखमाथि दुर्व्यवहार – Nepal Press

पाठ्यपुस्तक अभाव गराएको भन्दै जनक शिक्षाका प्रमुखमाथि दुर्व्यवहार

काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्रका प्रमुख अनिलकुमार झालाई दुर्व्यवहार भएको छ ।

आज दिउँसो उनलाई चार जनाको समूहमा आएका युवाहरूले कालोमोसो लगाएको बुझिएको छ ।

सामाग्री केन्द्रका एक कर्मचारीका अनुसार चार जनाको समूहमा आएका युवाहरूबाट त्यस्तो काम भएको हो । उनीहरूले दुर्व्यवहार गरेर भक्तपुर सानोठिमीस्थित कार्यालय परिसरबाट भागिसकेको स्रोतले बतायो ।

जनक शिक्षा सामाग्री केन्द्रबाट पाठ्यपुस्तकको आपूर्तिमा चरम अभाव सिर्जना गरेको भन्दै अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताबाट सो दुर्व्यवहार भएको चर्चा छ । यद्यपि उसले भने अहिलेसम्म घटनाको जिम्मेवारी लिएको छैन ।

भक्तपुर प्रहरीका प्रवक्ता राजु पाण्डेले किताबको व्यापारी हुँ भन्दै आएका व्यक्तिहरूको समूहले दुर्व्यवहार गरेको बताए ।  उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

One thought on “पाठ्यपुस्तक अभाव गराएको भन्दै जनक शिक्षाका प्रमुखमाथि दुर्व्यवहार

  1. जिम्मेवार त देवेन्द्र पाैडेल हाे नि । कारवाही देवेन्द्रलाई हुनुपर्याे ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर