रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगद्वारा दर्ता, चुनाव चिन्ह गोलाकारभित्रको घण्टी (भिडिओ) – Nepal Press

रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगद्वारा दर्ता, चुनाव चिन्ह गोलाकारभित्रको घण्टी (भिडिओ)

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उनको पार्टीकाे दर्ता नम्बर १८७ रहेकाे छ ।

दल दर्ता प्रमाणपत्रमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनीतिक दलसम्बन्धी ऐन, २०७३ दफा ४ र ५ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्ने गरी आयोगबाट प्रमाणपत्र दिइएको’ उल्लेख छ ।

पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो ।

पार्टीका प्रवक्ता मुकुल ढकालले प्रस्तावित चुनावचिन्ह गोलाकारभित्रको घण्टी पाएको बताए । यो चुनावचिन्ह अरु पार्टीले नपाएकाले आयोगले स्वीकार गरेको छ ।

केही स्वतन्त्र उम्मेदवारहरुले रविको पार्टीको नामले आफूहरुलाई अप्ठेरो पर्ने भन्दै आयोगमा उजुरी दिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर