पोखराबाट समातिएको १ केजी सुनमा टोखाको गणेश ज्वेलर्सका सञ्चालकविरुद्ध पनि मुद्दा दर्ता – Nepal Press

पोखराबाट समातिएको १ केजी सुनमा टोखाको गणेश ज्वेलर्सका सञ्चालकविरुद्ध पनि मुद्दा दर्ता

काठमाडौं। राजस्व अनुसन्धान विभागले कास्कीको पोखरा महानगरपालिका-१५ रामबजारबाट एक केजी ७.७ ग्राम सुनसहित पक्राउ परेका रमेश सुनारविरुद्ध उच्च अदालत कास्कीमा मुद्दा दायर गरेको छ।

काठमाडौंको टोखास्थित गणेश ज्वेलर्सकी सञ्चालिका सुनिता विकलाई पनि प्रतिवादी बनाइएको छ।

बरामद भएको सुनको बजार मूल्य ८० लाख एक सय ३० रुपैयाँलाई बिगो मानेर मुद्दा दायर भएको विभागले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर