ककनीमा राखियो प्रकाशको सालिक, प्रचण्डले गरे अनावरण – Nepal Press

ककनीमा राखियो प्रकाशको सालिक, प्रचण्डले गरे अनावरण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिवंगत पुत्र प्रकाश दाहालको सालिक अनावरण गरेका छन् ।

नेपाल पर्वतारोहण संघले नुवाकोटको ककनी गाउँपालिका-६ मा रहेको ककनी अन्तर्राष्ट्रिय स्मृति पार्कमा निर्माण गरेको सालिकको आज अनावरण गरेका हुन् । अध्यक्ष प्रचण्ड बुहारी बिना मगरसहित ककनी पुगेर सालिकको अनावरण गरेका छन् ।

‘लुम्बिनी सगरमाथा आरोहण अभियानका नामले शान्ति र संविधानको सन्देश प्रवाह गर्न सफल आरोही’ रहेको भन्दै पर्वतारोहण संघले प्रकाशको सालिक बनाएको जनाएको छ ।

सालिकसहित प्रकाशको जीवनी लेखेर सिलालेख पनि राखिएको छ । प्रकाशको २०७४ मंसिर ३ गते निधन भएको थियो ।


प्रतिक्रिया

2 thoughts on “ककनीमा राखियो प्रकाशको सालिक, प्रचण्डले गरे अनावरण

  1. कुन देश संग र के का लागि लडाइँ लडेर उनी सहिद भयर सालिक आवरण गरियो ७० माना रक्सी खाएर स्वास्नी फेर्दै मोज मस्ति गर्दै हिड्ने अनि…..
    शरीर फलाम ले बनेको होइन महाशय कसरी सहन्छ त त्यतिका झोल १७००० जनताका आफन्तको आशु ले सरापेर मरेको लाई सहिद मानिदिनु पर्ने यो देश मा बल र पहुंच भयका ले जे गर्दा पनि हुने कुनै दिन तिम्रो त्यो सालिक अवस्य भत्कने छ र देश का लागि योगदान पुर्याएका व्यक्तिको सालिक ठडिने छ।

  2. उनले मारेका १७००० पनि कसैका छाेरा वा छाेरी थिए । तिनकाे चाहि सालिक चाहिदैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर