नबिल बैंकमा ज्ञानेन्द्र ढुंगानाले सम्हाले सीईओकाे जिम्मेवारी – Nepal Press

नबिल बैंकमा ज्ञानेन्द्र ढुंगानाले सम्हाले सीईओकाे जिम्मेवारी

काठमाडौं । नबिल बैंकमा ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार सम्हालेका छन् । आजबाट ढुंगानाले कार्यभार सम्हालेका हुन् ।

नेपाल बंगलादेश बैंक र नबिल बैंक गाभिएपछि ढुंगानालाई नबिलमा सीईओ दिने निर्णय सञ्चालक समितिले गरेको थियो ।

ढुंगानाको बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव रहेको छ । उनी एनबीमा १० वर्ष सीईओ रुपमा काम गरेका थिए । त्यसभन्दा पहिला उनी राष्ट्र बैंकको निर्देशक पद छाडेर नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रवन्धक भएका थिए ।

ढुंगानाले भारतको चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तरसम्मको शिक्षा लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर