राजेन्द्र श्रेष्ठबाहेक अन्य मन्त्रीलाई फिर्ता बोलाउने उपेन्द्र यादवको तयारी – Nepal Press

राजेन्द्र श्रेष्ठबाहेक अन्य मन्त्रीलाई फिर्ता बोलाउने उपेन्द्र यादवको तयारी

काठमाडौं । सहमतिमै विभाजनको तयारी भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने भएका छन् । बाबुराम भट्टराईतिर जान लागेका सांसदलाई समेत समेटेर उनले नयाँ मन्त्रीहरू सरकारमा पठाउन लागेका हुन् ।

जसपा स्रोतका अुनसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठबाहेक अन्य तीनजना मन्त्रीहरु फिर्ता बोलाउने तयारी छ । फिर्ता हुनेमा कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव छन् ।

यीमध्ये महिन्द्र राय बाबुरामसँग जाने तयारी छ । उनको उपेन्द्र यादवसँग लामो समयदेखि विवाद छ । त्यस्तै फिर्ता हुन लागेका रेणुकुमारी यादव अध्यक्ष उपेन्द्रसँग निकट भएका कारण उनलाई फिर्ता बोलाउँदा पनि आफूसँगै रहने भएकाले नयाँलाई पठाउन लागिएको हो ।

फिर्ता हुन लागेका रामसहाय यादव पनि उपेन्द्रका विश्वासपात्र हुन् । नयाँ मन्त्रीमा इस्तियाक राई र प्रदीप यादवको नाम निश्चित रहेको र अर्का एकजनाको टुंगो लाग्न बाँकी रहेको जसपा स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर