चलचित्रकर्मीलाई धमाधम परिचयपत्र : के हो उद्देश्य ? के के छन् मापदण्ड ? – Nepal Press

चलचित्रकर्मीलाई धमाधम परिचयपत्र : के हो उद्देश्य ? के के छन् मापदण्ड ?

काठमाडौं । चलचित्र विकास बोर्डले थप ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ । बोर्डको २२औं वार्षिकत्सवको अवसरमा बिहीवार सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरेका हुन् ।

यसअघि ४० जना चलचित्रकर्मीलाई पहिलो चरणमा विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र वितरण गरिसकेको बोर्डले दोस्रो चरणमा ६२ जनालाई थपेको हो । पहिलो चरणमा विशिष्ठ चलचित्रकर्मी परियचपत्र प्राप्त गर्नेमध्ये चार जनाको मृत्यु भइसकेको छ । बोर्डका अनुसार मृत्यु हुनेमा गेहेन्द्र धिमा, चेतन कार्की, हरिप्रसाद रिमाल र सुभद्रा अधिकारी रहेका छन् ।

पहिलो चरणमा विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेको सूची

 

किन दिइन्छ चलचित्रकर्मी परिचयपत्र ?

चलचित्रकर्मी परिचयपत्र वितरण सम्बन्धि कार्यविधि, २०७२ अनुसार चलचित्रको कलाकर्ममार्फत राष्ट्रमा पुर्याएृको योगदानको कदर स्वरुप चलचित्रकर्मी परिचयपत्र वितरण गर्न थालिएको हो । चलचित्र कर्ममा संलग्न व्यक्तित्वलाई कलाकर्मका माध्यमबाट समाज, राष्ट्रिय एवम अन्तराष्ट्रिय जगमा देशको पहिचान गराए वापत कदर गर्ने उद्देश्इ लिइएको छ । यस्तै चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्नका लागि राज्यका तर्फबाट सम्मान एवम सुविधा उपलब्ध गराउन सिफारिस गर्ने उद्देश्यले पनि चलचित्रकर्मी परिचयपत्र बाँडिएको हो ।

चलचित्रकर्मीको वर्गीकरण

कार्यविधि अनुसार चलचित्रकर्मीको ११ प्रकारले वर्गीकरण गरिएको छ । जसमा निर्माता, निर्देशक, कलाकार, प्रदर्शक, वितरक, प्राविधिक, लेखक, नृत्यकार, द्धन्द्धकार, पत्रकार (चलचित्र), र चलचित्रको गीतकार, संगितकार, गायक र गायिका रहेका छन् । परिचयपत्रको ३ वटा श्रेणी विभाजन गरिएको छ । जसमा विशिष्ट चलचित्रकर्मी, वरिष्ठ चलचित्रकर्मी र चलचित्रकर्मी रहेका छन् ।

परिचयपत्र वितरणका तीनवटा न्यूनतम मापदण्ड बनाइएको छ । जसमा विशिष्ट चलचित्रकर्मीको परिचयपत्र प्राप्त गर्नका लागि चलचित्रको कुनै एक विधामा स्वदेश वा विदेशमा रहेर स्वदेशी चलचित्र क्षेत्रमा कम्तीमा निरन्तर २५ वर्ष योगदान पु¥र्याइ आफुले योगदान पुर्याएको विधामा सर्वोत्कृष्टता हासिल गरेको व्यक्ति हुनुपर्नेछ भने वरिष्ठ चलचित्रकर्मी भएर पाँच वर्ष काम गरेको व्यक्ति हुनुपर्नेछ ।

वरिष्ठ चलचित्रकर्मीको परिचयपत्र प्राप्त गर्नका लागि चलचित्रको कुनै एक विधामा स्वदेश तथा विदेशमा रहेर स्वदेशी चलचित्र क्षेत्रमा कम्तीमा निरन्तर २० वर्ष योगदान पुर्याएको व्यक्ति वा परिचयपत्र प्राप्त गरेर १० वर्ष काम गरेको व्यक्त हुनुपर्नेछ । यस्तै चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नका लागि चलचित्रको कुनै पनि विधामा स्वदेश वा विदेशमा रहेर स्वदेशी चलचित्र क्षेत्रमा कम्तीमा निरन्तर १० वर्ष योगदान पु¥याएको व्यक्ति हुनुपर्ने भनिएको छ ।

पाँच सदस्यीय परिचयपत्र सिफारिस समिति

परिचयपत्र प्राप्त गर्नका लागि तोकिएको ढाँचामा बोर्डमा दरखास्त दिनुपर्छ । परिचय पत्र सिफारिस गर्नका लागि बोर्डले तोको बोर्ड सदस्यको संयोजकत्वमा ५ सदस्यीय परिचयपत्र सिफारिस समिति रहने व्यवस्था छ । विशिष्ट चलचित्रकर्मी परिचयपत्रको समयावधी तोकिएको छैन भने वरिष्ठ चलचित्रकर्मी परिचयपत्रको समयावधि परिचयपत्र जारी भएको ५ वर्षको हुनेछ । यस्तै चलचित्रकर्मी परिचयपत्रको समयमावधी जारी भएको मितिले ५ वर्षको हुनेछ ।

परिचयपत्रको म्याद सकिएको मितिले ३५ दिनभित्र सिफारिस समिति समक्ष नवीकरणका लागि निवेदन दिनुपर्नेछ र समितिको सिफारिसमा पुन ५ वर्षका लागि नवीकरण गर्न सकिने व्यवस्था छ ।

विशिष्ठ श्रेणी चलचित्रकर्मी परिचयपत्र बाहक व्यक्ति बाहेक अन्य श्रेणीको परिचयपत्र रद्द हुने व्यवस्था छ । जसमा परिचयपत्र प्राप्त गर्ने व्यक्ति चलचित्र कर्ममा निष्कृय रहेको पाइएमा, परिचयपत्र अन्य व्यक्तिलाई प्रयोग गर्न दिएमा वा अन्य व्यक्तिले प्रयोग गरेको पाइएमा, परिचयपत्रको दुरुपयोग भएमा, परिचयपत्र बाहकको मृत्यु भएमा र परिचयपत्र बाहक नैतिक पतन देखिने कसूरमा संलग्न भएमा परिचयपत्र रद्द हुनसक्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर