यौन दुर्व्यवहारका आरोपी सर्वनाम शिक्षालयका होस्टल वार्डेन पुर्पक्षमा जेल चलान – Nepal Press

यौन दुर्व्यवहारका आरोपी सर्वनाम शिक्षालयका होस्टल वार्डेन पुर्पक्षमा जेल चलान

काठमाडौं । छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेत पुर्पक्षमा जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश केदारनाथ पौडेलेको इजलाशले उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।
सर्वनाम शिक्षालयका छात्राले वार्डेन बस्नेतले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएपछि गत जेठमा अभिभावक होस्टल पुगेका थिए । उनीहरुले होस्टलमा नाराबाजी गर्नुका साथै घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका थिए ।
बस्नेतलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको समन्वयमा रामेछापबाट पक्राउ गरेर अदालतमा पेश गरेको थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *