यु-२३ बास्केटबल प्रतियोगितामा कीर्तिपुरको लगातार दोश्रो जित – Nepal Press

यु-२३ बास्केटबल प्रतियोगितामा कीर्तिपुरको लगातार दोश्रो जित

काठमाडौं। यु-२३ पुरुष बास्केटबल प्रतियोगितामा कीर्तिपुरले लगातार दोश्रो जित निकालेको छ । पहिलो खेलमा बुधबार कीर्तिपुरले आईएस नेपाललाई पराजित गरेको थियो ।

कीर्तिपुरको नयाँ बजारस्थित घरेलु कोर्टमा बिहिवार कीर्तिपुरले गोल्डेनगेटलाई ७९-६४ ले पराजित गर्यो । कीर्तिपुरका पारस योञ्जनले २२ स्कोर गरे । गोल्डेनगेटका अभिषेक सिंहले १४ स्कोर गरे ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा टाइम्स र बीएमकेले पनि जित निकाले ।

टाइम्सले जेभियर इन्टरनेसनललाई ६७-५५ ले हरायो । टाइम्सका सुजन लिम्बूले १८ तथा मनीष तामाङले १७ स्कोर गरे ।

बलर्स एकेडेमी विरुद्धको खेलमा बीएमके ७१-४० ले विजयी भयो । बीएमकेका सोनामप्रयाग शेर्पाले १६ तथा बलर्सका साहिल तमुले २८ अंक जोडे ।

प्रतियोगिताअन्तर्गत शुक्रबार ४ खेल हुनेछ । टाइम्सले मेरिलियोन, बीएमकेले आईएसए नेपाल, जेभियरले रोयल तथा बलर्सले कीर्तिपुर विरुद्ध खेल्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *