निजी क्षेत्रको कानूनसम्मत काम रोकिए देशद्रोही र भ्रष्ट घोषणा गर्छौं : मोतिलाल दुगड (भिडिओ) – Nepal Press

निजी क्षेत्रको कानूनसम्मत काम रोकिए देशद्रोही र भ्रष्ट घोषणा गर्छौं : मोतिलाल दुगड (भिडिओ)

काठमाडौं । नेकपा एमालले कानुनले अनुमति दिएको क्षेत्रको काम रोकिए सम्वन्धित व्यक्ति र संस्थालाई देशदोही र भ्रष्ट घोषणा गर्ने जनाएको छ । पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागका प्रमुख मोतिलाल दुगडले निजी क्षेत्रको काम रोकिएमा कुन–कुन कारणले रोकिएको हो भनेर उद्योगलाई जानकारी गराउनु पर्ने बताए ।

आज आयोजित पत्रकार सम्मेलनमा दुगडले भने, ‘नेपालको इतिहासमा नै उद्योगीहरु आन्दोलनमा आएका थिएनन् । तर आगामी वर्षको बजेट आएपछि उद्योगीहरु आन्दोलमा उत्रिनुपर्यो ।’ सरकारले उद्योग मैत्री बजेट नल्याएको उनको आरोप छ ।

अर्थमन्त्री र सरकारले नै बजेट गलत आएको स्वीकार्दै त्यसलाई सुधार गरेर अगाडि बढ्ने भने पनि त्यस्तो नभएको दुगडले बताए । ‘सरकारले केही उद्योगीलाई मात्रै फाइदा हुने गरी बजेट ल्याएको छ ।

सरकार नै देशको उद्योग बन्द गराउने पक्षमा देखियो । हामी आन्दोलमा उत्रिएका उद्योगीहरूको पक्षमा छौं,’ उनले भने । उद्योग बन्द गर्ने नीति कुनै पनि हालतमा मान्य नहुने दुगडको चेतावनी छ ।

नेपालको स्यानिटरी प्याड उत्पादन नै बन्द गराउन सरकारले विदेशी प्याडको आयातमा कर घटाएको आरोप उनले लगाए । ‘देशको उद्योगलाई सहयोग गर्नेभन्दा पनि उद्योग बन्द गराउने पक्षमा यो सरकार रहेको छ,’ उनले भने ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला बन्द भएको गोरखकाली टायर उद्योग र जुट मिल्स लगायतको उद्योग सञ्चालन गर्ने योजना बनाएको दुगडले उल्लेख गरे । कार्यक्रममा शिक्षा, स्वास्थ्य, होटललगायत विभिन्न क्षत्रका उद्योगपतिहरुको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *