बच्चाबारे प्रश्न सोध्दा लजाइन् इन्दिरा, भनिन् मेहेन्दीको रगं पनि उत्रेको छैन – Nepal Press

बच्चाबारे प्रश्न सोध्दा लजाइन् इन्दिरा, भनिन् मेहेन्दीको रगं पनि उत्रेको छैन

काठमाडौं । केही हप्ता अगाडि मात्र विवाह बन्धनमा बाधिएकी चर्चित नेपाली गायिका इन्दिरा जोशीले बाह्र वर्ष पछि एकल गीतमार्फत गायनमा ‘बोल्ड कमब्याक’ गरेकी छिन् ।

उनले आज राजधानीको राइजिङमलमा एक कार्यक्रम आयोजना गर्दै ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

विवाह पश्चात बालेन्द्र शाहको चुनावी अभियानमा बाहेक अन्त खासै नदेखिएकी इन्दिरा आजको गीत सार्वजनिक कार्यक्रममा भने रातो सारी र सिउँदोमा धपक्क सिन्दुर लगाएरनै उपस्थित थिइन् ।

विवाह पछिको पहिलो औपचारिक ‘पब्लिक अपिरियन्स’ भएको कारण पनि पत्रकार तथा युटुबरहरु उनलाई विवाह अघी र पछीको अनुभवको बारेनै प्रश्न गरेका थिए । तपाईंको जीवनमा सिन्दुरको के महत्व छ भन्ने पत्रकारको प्रश्नमा इन्दिरा सिन्दुर लगाउँदा आफ्ना श्रीमान सधैं आफूसँगै भएको अनुभुती हुने बताएकी छिन् ।

‘बोल्ड एन्ड कन्फीडेन्ट’ गायिकाको छवी बनाएकी इन्दिरा आज पत्रकारहरुले बच्चाको सन्धर्भमा प्रश्न गर्दा भने केही लजाइन् । ‘फेमिली प्लानिङ्’ बारे सोधिएको प्रश्नमा उनले भनिन् ‘ओ हो स्विट हार्ट के को हतार ? मेहेन्दीको रंग पनि उत्रेको छैन, बच्चा बारे त हामीले केही सोचेका पनि छैनौँ ।’

इन्दिराले हालसम्म हनिमुनको लागि पनि कतै नगएको तर श्रीमानले जता लगे पनि आफू जान तयार रहेको पनि बताएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *