बानियाँको दावी– मुख्यमन्त्री फेर्न सहमतिमै हस्ताक्षर गरेका हौं, चाँडै कांग्रेस नेतृत्वमा सरकार बन्छ (भिडिओ) – Nepal Press

बानियाँको दावी– मुख्यमन्त्री फेर्न सहमतिमै हस्ताक्षर गरेका हौं, चाँडै कांग्रेस नेतृत्वमा सरकार बन्छ (भिडिओ)

हेटौंडा । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति तथा प्रदेशसभामा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री राजेन्द्र पाण्डेकै सहमतिमा कांग्रेस र माओवादीका सांसदको हस्ताक्षर संकलन गरिएको बताएका छन् ।

नेपाल प्रेसकर्मी नकुल अर्यालसँग हेटौंडामा कुरा गर्दै बानियाँले बहुमत प्रदेशसभा सदस्यको दस्तखत लिएर प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दाबी गर्न जान सहमतिमै यो प्रक्रिया अघि बढाइएको दाबी गरे ।

बानियाँले भने, ‘यो हस्ताक्षर सहमतिकै आधारमा भएको हो । मुख्यमन्त्रीको पनि सहमति लिएरै यो प्रक्रिया थालिएको हो । सहज प्रक्रियाबाटै चाँडै बामगती प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्छ ।’

बिहीबार मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस र माओवादीका सांसदको हस्ताक्षर संकलन गरिएको थियो । सहमतिअनुसार राजेन्द्र पाण्डेले राजीनामा नदिएपछि हस्ताक्षर थालिएको भनिएको थियो ।

आलोपालो मुख्यमन्त्रीको सहमतिको कागज नेपालप्रेसले सार्वजनिक गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर