गगन नपुग्दा अझै सुरू भएन शेखर समूहको भेला – Nepal Press

गगन नपुग्दा अझै सुरू भएन शेखर समूहको भेला

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहको भेला अझै सुरू भएको छैन । निर्धारित समयभन्दा २ घण्टा ढिलो हुन लाग्दासम्म भेला सुरू सुरू नभएको हो ।

महामन्त्री गगन थापा कार्यक्रमस्थलमा नआइपुगेकाले भेला ढिला भएको बताइएको छ । शेखर कोइराला, रामशरण महत, आपूर्तिमन्त्री दिलेन्द्र बडूलगायत भने अघि नै कार्यक्रममा पुगेका छन् ।

आगामी चुनावको तयारी, भ्रातृ संस्था गठन तथा विस्तार, विधान कार्यान्वयन गराउन दबाब दिने लगायतका विषयमा छलफल गर्न बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा दिउँसो ३ बजेबाट भेला बोलाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर