निर्वाचन आयोगले सरकारसँग भन्यो- विद्युतीय मतदान गर्ने भए साउनभित्रै मेसिन देऊ – Nepal Press

निर्वाचन आयोगले सरकारसँग भन्यो- विद्युतीय मतदान गर्ने भए साउनभित्रै मेसिन देऊ

काठमाडौं । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनमा विद्युतीय प्रणालीबाट मतदान गर्ने भए साउनभित्रै मेसिन उपलब्ध गराउन सरकारलाई पत्राचार गरेको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले एक विज्ञप्ति सार्वजनिक गर्दै सरकारलाई यस्तो पत्राचार गरेको जनाएका छन् ।

विज्ञप्तिमा ‘विद्युतीय मतदान यन्त्र’ को प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदन पनि गृह मन्त्रालय मार्फत नेपाल सरकार, मन्त्रिपरिषद्‍मा पठाइएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोग गर्ने प्रयोजनका लागि प्राप्त प्रतिवेदनमा उल्लेख भए बमोजिमको स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र तत्काल व्यवस्थापन हुन सक्ने अवस्था हाल विद्यमान नभएमा आगामी २०७९ श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्रको आवश्यक प्रबन्ध गरिदिन गृह मन्त्रालय मार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर