एक करोड २० लाखको चेक बाउन्स गर्नेलाई दुई वर्ष कैद – Nepal Press

एक करोड २० लाखको चेक बाउन्स गर्नेलाई दुई वर्ष कैद

काठमाडौं । पैसा नभएको खाताको एक करोड २० लाख रूपैयाँको चेक काटेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई दुई वर्ष कैद सजाय गरिएको छ ।

बिगो बराबरको रकम र बिगो भराउ मितिसम्मको ब्याज तिर्न काठमाडौं जिल्ला अदालतले २०७७ माघ २५ गते काभ्रेको चौरीदेउराली गाउँपालिका-९ स्थायी घर भई ललितपुरको पुल्चोक बस्दै आएका ४९ वर्षीय नाम्गेल दोर्जे लामालाई तोकिएको मितिमा सम्पर्कमा नआएको र फैसलासमेत कार्यान्वयन नगरेको भन्दै २ वर्ष कैद सजाय गरेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नाम्गेललाई गत मंगलबार पक्राउ गरेर फैसला कार्यान्वयनका लागि अदालत पेस गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर