देउवालाई रामचन्द्रको कटाक्ष- समय पुगेन भनेर दगुरिराख्‍ने, काम पनि अलपत्र पारिराख्‍ने – Nepal Press

देउवालाई रामचन्द्रको कटाक्ष- समय पुगेन भनेर दगुरिराख्‍ने, काम पनि अलपत्र पारिराख्‍ने

‘समयबद्ध काम गरौं भनेर नारा दिएको त मलाई नै पाखा लगाइदिए’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।

६४ औं संसद दिवसका अवसरमा आयोजित कार्यक्रममै उनले पार्टी सञ्चालनका सन्दर्भमा आलोचना गरेका हुन् ।

‘प्रधानमन्त्रीलाई समय कम हुन्छ, मलाई थाहा छ । सबै प्रधानमन्त्री हुन्छ,’ उनले भने, ‘हाम्रो प्रधानमन्त्रीलाई समयको अवस्था कति छ ? भन्ने कुरा कामकारबाहीबाट देखिन्छ । समय पुगेन मलाई भन्नी फेरि गर्नुपर्ने काम चाहीँ पेन्डिङमैं राखिरहनी ।’

पार्टीभित्र ६ महिनामा गर्नुपर्ने काम पनि नगरेको भनेर चर्चा चलिरहेका बेला त्यसैतर्फ ईंगित गर्दै वरिष्ठ नेता पौडेलले देउवालाई कटाक्ष गरेका हुन् ।

‘समय पुगेन भन्या,छ, दगुरी राख्या छ, छिटोछिटो । काम चाहीँ आफूले गर्नुपरेका ६ महिनामा गर्नुपर्ने काम पनि जम्मै अलपत्र,’ उनले भने ।

समयबद्ध काम गरौं भनेर आफूले नारा दिएर महाधिवेशनमा होमिन खोज्दा पाखा लगाइएको पौडेलको गुनासो छ ।

‘मैले वास्तवमा सुनौलो भविष्यका लागि समयबद्ध काम गरौं भनेर नारा दिएको त मलाई नै पाखा पारियो,’ उनले अगाडि भने, ‘अनि यही हो नि देश । अनि यही हुन्छ ? अनि यो देशलाई कल्ले उद्धार गरिदिने हो ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर