संसद भंग गर्नेहरू अधिनायकवादी हुन् : रामचन्द्र पौडेल – Nepal Press

संसद भंग गर्नेहरू अधिनायकवादी हुन् : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद निरंकुश सत्ता चलाउन चाहनेका आँखाको कसिंगर हुने बताएका छन् । त्यही भएर हुकुमी शासन चलाउन चाहनेहरूले नै संसद भंग गर्ने उनले बताए ।

६४ औं संसद दिवसका अवसरमा पूर्व सांसद मञ्च र संघीय संसद सचिवालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

‘संसद जनताको घाँटीमा अड्केको वाणीलाई व्यक्त गर्ने माध्यम हो,’ पूर्वसभामुख समेत रहेका वरिष्ठ नेता पौडेलले भने,‘यो निरंकुश सत्ता चलाउन चाहेका लागि आँखा कसेर बन्दै आएको छ ।’

हुकुमी शासन चलाउनेहरूलाई संसद मन नपर्ने उनले बताए । उनले भने, ‘हुकुमी शासन चलाउनेहरूलाई संसद मनपर्दैन । त्यही भएर संसदलाई बेला-बेला भंग गर्ने प्रचलन चल्दै आएका छन् ।’

जसले भंग गरेपनि त्यो अधिनायकवादी प्रवृत्तिकै द्योतक रहेको उनले बताए । ‘जल्ले धेरै र धेरै समयका लागि गर्छ त्यो बढी अधिनायकवादी हो,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर