अमेरिकाको आर्मी वार कले‍ज र नेशनल डिफेन्स युनिभर्सिटीमा प्रधानसेनापति शर्मा – Nepal Press

अमेरिकाको आर्मी वार कले‍ज र नेशनल डिफेन्स युनिभर्सिटीमा प्रधानसेनापति शर्मा

काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँको आर्मी वार कलेज र नेशनल डिफेन्स युनिभर्सिटीको अवलोकन गरेका छन् ।

शर्माले वासिङ्टन डीसीस्थित नेशनल डिफेन्स युनिभर्सिटी पुगेर त्यहाँका अधिकारीहरुसँग भेटघाटसमेत गरेका थिए । नेशनल वार कलेजका प्रमुख ब्रिगेडियर जनरल जेफ हर्लबर्टसँग उनको कुराकारी पनि भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति शर्माले पेनसेल्भेनियास्थित युनाइटेड स्टेट्स आर्मी वार कलेजको पनि भ्रमण गरेका छन् । आर्मी वार कलेजका प्रमुख मेजर जनरल डेभिड सी हिलसँग भेटघाट पनि गरेका थिए ।

उक्त कलेजबाट हालसम्म १६ जना नेपाली सैनिकहरु दीक्षित भइसकेका छन् ।

शान्ति मिसनमा नेपाली सेना खटिएको लेबनान र सिरियाको भ्रमणपछि असार १३ गते शर्मा अमेरिका पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *