एनआईसी एशिया बैंकमा एक लाख राख्दा १० लाख पाइने – Nepal Press

एनआईसी एशिया बैंकमा एक लाख राख्दा १० लाख पाइने

काठमाडौं । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको छ । ग्राहकले एक लाख रुपैयाँ राख्दा १० लाख पाउनेछन् ।

एनआईसी एशिया बैंकले २०७९ असार १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदरसहितको नवीनत्तम ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । यस आकर्षक योजना व्यक्तिगत, संस्थागत एवं रेमिटान्स ग्राहक लक्षित गरी ल्याइएको छ ।

हाललाई छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुुसार डबलदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ताले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जासमेत लिन सक्नेछन् । योजनाको विभिन्न अवयवहरुलाई निम्नानुसार तालिकामा देखाइएको छः

यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाखसम्मको बीमा सुनिश्चित गर्ने अतुलनीय फाइदाहरुसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जासम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहकको उत्साहजनक सहभागिता रहेको छ ।

बैंकले निक्षेप खाताहरूमा पाइने फाइदाभन्दा अझ बढी फाइदाहरु रहेको मौज्दातको रकममा १० गुणा रकम फिर्ता हुने ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर