पर्वत रुपन्देही सेवा समाजको अध्यक्षमा रामकृष्ण शर्मा निर्वाचित – Nepal Press

पर्वत रुपन्देही सेवा समाजको अध्यक्षमा रामकृष्ण शर्मा निर्वाचित

काठमाडौं । पर्वत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्वाचनमण्डलका संयोजक कृष्णप्रसाद पराजुलीले निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए ।

समाजको अध्यक्षमा रामकृष्ण शर्मा, वरिष्ठ उपाध्यक्ष लेखनाथ भट्टराई, उपाध्यक्ष मीना न्यौपाने, महासचिव टेकराज शर्मा, सचिव बलराम काफ्ले र कोषाध्यक्ष शारदादेवी रेग्मी निर्वाचित भएका छन् ।

त्यस्तै वरिष्ठ सदस्यमा टुकलाल न्यौपाने र सदस्यहरु धर्मागत बस्याल, डिल्लीराम भट्टराई, हरिप्रसाद बस्याल, उषा प्रधान श्रेष्ठ, यादवप्रसाद सापकोटा, दीपक भुर्तेल, विष्णुप्रसाद काफ्ले, दीनानाथ सापकोटा, अरुणा भुसाल तिवारी, नवराज आचार्य, गंगाधर बस्याल र बालकृष्ण पराजुली निर्वाचित भए ।

समाजको लेखा समितिको संयोजकमा माधवप्रसाद बस्याल सदस्यहरुमा हिम शर्मा पौडेल र सरस्वती काफ्ले सर्वसम्मत भएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका पूर्वउपप्रमुख गोमादेवी आचार्य, समाजसेवी तथा होटल एसोसियसनका केन्द्रीय सदस्य गोपाल राना, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य एवं समाजका निवर्तमान लेखा समिति संयोजक गोविन्दप्रसाद रेग्मी, तिलकप्रसाद न्यौपाने, बेलप्रसाद शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका आजीवन सदस्य एवं होटल व्यावसायी गोपाल रानाले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शर्माले संस्थालाई गुणात्मक रुपले अगाडि बढाउन आफूहरु लागिपर्ने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर