हिक्मतको प्रष्टीकरण: जिस्किँदा-जिस्किँदै त्यस्तो भयो, जुरेलीमाथि हातपात गरेको छैन – Nepal Press

हिक्मतको प्रष्टीकरण: जिस्किँदा-जिस्किँदै त्यस्तो भयो, जुरेलीमाथि हातपात गरेको छैन

काठमाडौं । रेस्लर अस्मिता जुरेलीले हिजो रोपाइँ उत्सव मनाउने क्रममा अपरिचित व्यक्तिले आफूमाथि हातपात गरेको आरोप लगाइन् । युवा संघले आयोजना गरेको कार्यक्रममा संघकै एक युवाले दुर्व्यवहार गरेको उनको दाबी छ ।

अस्मिताले आरोप लगाएका व्यक्ति युवा संघ नेपालकै केन्द्रीय सदस्य हिक्मत बोहरा ‘हिलारी’ रहेको खुलेको छ । नेपाल प्रेसको सम्पर्कमा आएका बोहराले आफूले नियतवस अस्मितामाथि कुनै दुर्व्यवहार नगरेको प्रष्टीकरण दिए । अस्मिताले भनेजस्तो आफूहरू अपरिचित पनि नभएको उनको भनाइ छ ।

‘हामी एउटै पार्टीका कार्यकर्ता हौं, सधैँ कार्यक्रमहरूमा भेट भइरहने बहिनी हो,’ उनले भने, ‘जिस्किँदा-जिस्किँदै यस्तो घटना भयो ।’
रमाइलो गर्ने क्रममा जिस्केर हिलोमा लडाएको भए पनि आफूले हातपात भने नगरेको उनको भनाइ छ ।

‘उहाँले किन गलत सोच्नुभयो थाहा छैन, तर मैले गलत नियतले उहाँलाई छोएको थिइनँ,’ बोहराले भने । अस्मिताले आफूमाथि जाइलागेपछि उनलाई रोक्न दुवै हात समातेको बोहोराले बताए । उनले घटनालाई अतिरञ्जित नबनाउन सबैसँग आग्रह गरेका छन् ।

यो पनि पढ्नुस् : यसपालिको रोपाइँमा पनि रेस्लर जुरेली चर्चामा, अपरिचितले हिलोमा पछारेको गुनासो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर