विराटको कीर्तिमान तोड्दै बाबर बने लामो समय टी–२० वरियताको शीर्ष स्थानमा रहने खेलाडी – Nepal Press

विराटको कीर्तिमान तोड्दै बाबर बने लामो समय टी–२० वरियताको शीर्ष स्थानमा रहने खेलाडी

काठमाडौं । पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर अजाम टी–२० वरियताको शीर्ष स्थानमा लामो समय सम्म रहिरहने ब्याटर बनेका छन् ।

यसअघि, विराट कोहली भारतको कप्तान रहँदा १ हजार १३ दिन सम्म शीर्ष स्थानमा रहेका थिए । लामो समयदेखि शीर्ष स्थानमा रहेका बाबरले कोहलीको करिब एक दशक पुरानो कीतिमान तोडेका छन् ।

बाबर हाल टी–२० र एकदिवसीय दुवै फम्र्याटमा वरियताको शीर्ष स्थानमा रहेका छन् । उनी चाँडै क्रिकेटको तीनवटै फम्यार्टमा शीर्ष स्थानमा रहने अनुमान लगाउन सकिन्छ ।

आईसीसीले सार्वजानिक गरेको नयाँ वरियता अनुसार टी–२० वरियताको ब्याटिङ तर्फ दोस्रो स्थानमा पाकिस्तानकै मोहमद रिजवान छन् । तेस्रो स्थानमा दक्षिण अफ्रिकाका एडिन मार्र्करम रहँदा चौथो स्थानमा इङल्यान्डका डाविड मालान र पाँचौँ स्थानमा अस्ट्रेलियाका एरोन फिन्च छन् ।

टी–२० को ब्याटिङ तर्फनै नपालका ओपनर कुशल भुर्तेल ३८औं स्थानमा छन् भने दिपेन्द्र सिंह ऐरी ४२औं स्थानमा र आसिफ शेख ९८औं स्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *