कांग्रेसमा शेखर कोइराला समूहको बेग्लै भेला, यस्ता छन् छलफलका एजेण्डा – Nepal Press

कांग्रेसमा शेखर कोइराला समूहको बेग्लै भेला, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा चुनावको समिक्षा हुन नसकिरहेका बेला डा.शेखर कोइराला समूहले आज आफ्नो पक्षको बेग्लै भेला आयोजना गरेको छ ।

महाधिवेशनका शेरवहादुर देउवासँग पराजित भएपछि शेखरले आफ्नो समूहको अलग अस्तित्व कायम गरेका छन् । आज अपरान्ह् ३ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डम शेखर समूहको भेला हुन लागेको हो ।

भेलामा शेखर समूहका केन्द्रीय सदस्य र सांसदहरुलाई समेत सहभागी गराइँदैछ । भेलामा पाार्टी केन्द्रीय समिति बैठक बोलाएर चुनावी समिक्षा गर्नुपर्ने विषय उठ्नेछ ।

त्यस्तै आगामी चुनावको तयारी,भातृ संस्था गठन तथा विस्तार,विधान कार्यन्वयन गराउँन दबाब दिने लगायतका विषयमा छलफल हुने बताइएको छ । आगामी चुनावमा गठबन्धनको भागबण्डा कसरी गर्ने भन्नेबारेमा समेत पार्टीमा छलफल हुनुपर्ने शेखर समूहको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर