जंगली च्याउ खाँदा एकैगाउँका १९ जना बिरामी – Nepal Press

जंगली च्याउ खाँदा एकैगाउँका १९ जना बिरामी

रूपन्देही ।जंगली च्याउ खाँदा बुटवलमा एकैगाउँका १९ जना बिरामी भएका छन् ।

उनीहरुमध्ये ६ जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामी हुनेमा बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँगाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।

बुधबार जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरु बिरामी परेका थिए। उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । बिरामी परेका सबै बेहोस भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *