बलात्कार मुद्दा प्रकरण- महान्यायाधिवक्ताविरुद्ध सरकारी वकिल सर्वोच्चमा – Nepal Press

बलात्कार मुद्दा प्रकरण- महान्यायाधिवक्ताविरुद्ध सरकारी वकिल सर्वोच्चमा

काठमाडौं । संवैधानिक पदको दुरुपयोग गरेको आरोप खेपिरहेका महान्यायाधिवक्ता खम्मबहादुर खातीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

ललितपुरकी एक किशोरी बलात्कारको घटनामा अभियुक्तलाई जोगाउन मुद्दा कमजोर पार्न दिएको दबाब नमानेपछि आफ्नो सरुवा भएको भन्दै सरकारी वकिल संगीता थोकरले महान्यायाधिवक्ताविरुद्ध रिट दायर गरेकी हुन् ।

महान्यायाधिवक्ताविरुद्ध उनकै मातहतमा कार्यरत कर्मचारीले गम्भीर अभियोग लगाएर मुद्दा दर्ता गरेको सम्भवतः यो पहिलो घटना हो ।

संगीताले बलात्कृत किशोरीको न्यायका लागि आफूले मुद्दा कमजोर पार्ने महान्यायाधिवक्ताको दबाब नमान्दा सरुवा भएको दाबी गर्दै रिट लिएर गएकी थिइन् ।

सर्वोच्च प्रशासनले उनको रिट दरपिठ गरे पनि न्यायाधीश अनिल सिन्हाको इजलासले रिट दर्ताको आदेश दिएको हो ।

रिटमाथिको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ । सत्ता गठबन्धननिकट व्यापारी सुशील चटौतविरुद्ध दर्ता भएको बलात्कार मुद्दामा संगीता अभियोजनकर्ता हुन् ।

पटक पटक आफूलाई महान्यायाधिवक्ताले मुद्दा कमजोर बनाउन दिएको दबाब अस्वीकार गरेका कारण सरुवा गरिएको थोकरको दाबी छ ।

मुद्दामा अभियोजन कमजोर नगरेपछि आफूलाई हेटौँडा सरुवा गरिएको भन्दै उनले सरुवा बदरको माग गरेकी छन् ।


प्रतिक्रिया

One thought on “बलात्कार मुद्दा प्रकरण- महान्यायाधिवक्ताविरुद्ध सरकारी वकिल सर्वोच्चमा

  1. छि छि यस्ता खालका महान्यायाधिवक्ता जसले लोकतन्त्र को बिरूद्ध आफ्नो दाजुलाई जिताउन प्रधानन्यायाधीश सग सेटिङ्ग निर्वाचन दोहोरो गराउने चेलिबेटी बलात्कारको मुद्दा जिताउन सरकारी कर्मचारीलाई दबाब दिने ,काम नभए कर्मचारीलाई दुखदिने ,कहाँ गए छन् ट्रेड युनियन नामधारी संस्थाका कर्मचारी, के उनीहरूको पनि सेटिङ्ग हो ?

Leave a Reply to bharat kumar Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *