काठमाडौं उपत्यकामा १४ जनामा हैजा संक्रमण पुष्टि – Nepal Press

काठमाडौं उपत्यकामा १४ जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आरडिटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने इकाईलाई जीवाणु भेटिएको मन्त्रालयले जनाएको छ ।

हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर