लुम्बिनीको बजेट पारित – Nepal Press

लुम्बिनीको बजेट पारित

रुपन्देही । लुम्बिनी प्रदेश सभामा असार १ गते प्रस्तुत बजेट विभिन्न चरणको छलफलका साथ आज सदनबाट पारित भएको छ । आर्थिक वर्ष २०७९/२०८० को लागि ४२ अर्ब ६३ करोड ७ लाखको बजेट ल्याइएको थियो ।

कुल विनियोजनमध्ये चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार कुल बजेटको ३१.२६ प्रतिशत‚ पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार कुल बजेटको ५७.४१ प्रतिशत रहने अनुमान गरिएको छ ।

वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रू ४ अर्ब ८३ करोड लाख, कुल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११.३३ प्रतिशत रहने गरी प्रस्ताव गरिएको छ ।

प्रदेश सभाबाट प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चार विधेयकसमेत पारित भएको छ । सो कानून समितिका सभापति दामाकुमारी शर्माले सभामा प्रस्तुत गरेको विधेयक प्रदेशसभाबाट पारित भएको थियो ।

यसै गरी खेलकुद ऐन २०७६ संशोधनसहित पारित भएको छ ।

यसअघि सदनमा मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशका जनताको समृद्धिका लागि नै आगामी वर्षको बजेट लिएको बताउँदै बजेट सबैको साझा सवाल भएको बताए ।

बजेटको विषयमा सांसदहरूले उठाएका विषय जवाफको क्रममा उनले लुम्बिनी प्रदेशका जनतालाई समृद्धिका लागि योजना निर्माण गरिएको बताउँदै त्यसमा सबैले सहयोग गर्नका लागि अपिल गरेका थिए ।

उनले प्रदेश सरकारको आफ्नो नीति तथा कार्यक्रमहरू विचार दृष्टिकोण अनुसार भए पनि बजेट सबैको साझा भएको बताउँदै त्यसका लागि सबै माननीयहरूले आफ्नो दायित्व सम्झन अनुरोध गरेका थिए ।

यस्तै अर्थमन्त्री कृष्णध्वज खड्काले जनताको जीवनस्तर परिवर्तन गर्नका लागि नै बजेटमा सम्बोधन गरेको दाबी गरे । उनले सत्तारुढ दल सबैको चित्त बुझाउनुपर्ने बाध्यतालाई बुझिदिन विपक्षी दललाई आग्रह गर्दै विगतमा सुरु भएका ठूला योजनालाई निरन्तरता दिएको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर