एक्यान अध्यक्षमा दीपक पाण्डे निर्विरोध – Nepal Press

एक्यान अध्यक्षमा दीपक पाण्डे निर्विरोध

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को अध्यक्षमा दीपक पाण्डे निर्विरोध निर्वाचित भएका छन् । एक्यानको ३७औं वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा निर्विरोध भएका हुन् । पाण्डे यसअघि उपाध्यक्ष थिए ।

नेपालमा लेखा व्यवसायको विकास, संरक्षण तथा मर्यादित बनाई, पेशागत हकहित संरक्षण गर्न स्थापना भएको नेपालका चार्टर्ड एकाउन्टेन्ट्हरुको पेशागत संघ एक्यानमा नेपाली सीएहरु सदस्य रहने प्रावधान छ ।

पाण्डे लेखा व्यवसाय तथा विभिन्न संघसंस्थामा आवद्ध भई कार्यरत छन् ।

निर्विरोध अध्यक्ष भएपछि उनले भने, ‘मलाई विश्वास गरेर संघको जिम्मेवारी दिनुभएका सबैको शीर उँचो राख्न म मेरो विज्ञता, अनुभव र मेहनत पूर्ण रुपमा लगाउनेछु । सम्पूर्ण सदस्यहरुको हकहित संरक्षण, पेशाको गरिमा विस्तार, सम्बन्धित निकायसँगको सहकार्य, सदस्यहरुको क्षमता विकास तथा संघका उद्देश्यहरु पूरा गर्न म सधैं जिम्मेवार भएर मन, वचन र कर्मले अघि बढ्नेछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर