माधव नेपालको गुनासो- फिर्ता भएका मन्त्री बोल्नै छाडे – Nepal Press

माधव नेपालको गुनासो- फिर्ता भएका मन्त्री बोल्नै छाडे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारबाट फिर्ता भएका मन्त्रीहरूले आफूलाई ६ महिनाका लागि मात्रै सरकारमा पठाइएको हो भनेको सुन्न चाहेको बताएका छन् ।

सरकारबाट फिर्ता भएपछि प्रेम आलेले सो कुरा सार्वजनिक रूपमा नै भनेको उल्लेख गर्दै अध्यक्ष नेपालले अन्य मन्त्रीहरूले समेत आफू ६ महिनाका लागि मात्रै सरकारमा सहभागी भएको हुँ भनेर भन्नुपर्ने बताए ।

उनले भने, ‘४ जना मन्त्रीमध्ये अहिलेसम्म प्रेमबहादुर आलेले मात्रै ६ महिनाका लागि हामीलाई सरकारका पठाएको हो भन्नुभयो । त्यो बाहेक अरू एक जनाले पनि भनेको छैन । अझै पनि मेरा यी कानले सुन्ने गरी, बुझिने गरी पटक–पटक ६ महिनाका लागि हामीलाई पठाएको हो भनेको सुन्न मन त । मलाई मात्र होइन हाम्रो पार्टीलाईसमेत ६ महिनाका लागि मात्रै हामीलाई सरकारका पठाएको हो भनेको सुन्न मन छ ।‘

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले मन्त्रीबाट फिर्ता भएदेखि अधिकांश मन्त्री पार्टीको बैठकमासमेत सहभागी नभएको गुनासो गरे । फिर्ता भएका मन्त्रीले आफू लगायतका नेतासँग राम्रोसँग बोलचालसमेत नगरेको बताए ।


प्रतिक्रिया

One thought on “माधव नेपालको गुनासो- फिर्ता भएका मन्त्री बोल्नै छाडे

  1. पालैपालाे पठाउने अनि छ छ महिनामा तिबाट असुल्ने । एउटै मन्त्री पदबाट ६ ६ महिनामा ५ ५ कराेड कमाउन पाएपछि किन नफेर्ने ? मन्त्री खान पार्टी फुटाएकाहरू खुस्केपछि किन बाेल्छन त ? सके अर्काे पार्टी प्रवेश गर्छन ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर