हेटौंडा-भीमफेदी-काठमाडौं सडक पहिरोले अवरुद्ध – Nepal Press

हेटौंडा-भीमफेदी-काठमाडौं सडक पहिरोले अवरुद्ध

हेटौंडा । लगातारको वर्षासँगै पहिरो गएपछि हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै काठमाडौं जोड्ने सडक अवरुद्ध भएको छ । यो सडक हेटौंडाबाट काठमाडौं जोड्ने छोटो सडक हो ।

भीमफेदी-४ केराघारीमा पहिरो गएकाले वर्षासँगैको सडक अवरुद्ध भएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार सिस्नेरी सडकखण्डअन्तर्गत इन्द्रसरोवर-३ रामचन्द्र भञ्ज्याङमा पनि पहिरोले सडक अवरुद्ध भएको छ ।

स्थानीय र प्रहरी मिलेर दुवै ठाउँको पहिरो पन्छाउने काम भइरहेको कार्कीले बताए । सडक अवरुद्ध हुँदा सयौँ सवारी र यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.