मायाजालमा पारेर महिलाहरुलाई लुट्ने एक पुरुष पक्राउ – Nepal Press

मायाजालमा पारेर महिलाहरुलाई लुट्ने एक पुरुष पक्राउ

काठमाडौं। प्रेमको नाटक गर्दै भेट्ने बहानामा होटल पुर्‍याएर लुटपाट गर्ने गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

बाराको प्रसौनी गाउँपालिका- ४ खटुवाका ३६ वर्षीय महमद रफिक रायभटलाई रौतहट प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार महमदले गत बैशाख ५ गते चन्द्रपुर- ४ स्थित एक होटलमा लगेर महिलालाई लुटेका थिए ।

ती महिलाले आफूले कानमा लगाएको ४ आनाको दुई वटा रिङ, ३ आनाको मुन्द्रा, ४ आनाको तिलहरी र एक तोलाको मंगलसुत्र महमदले लगेको आरोप लगाएकी छन् ।

प्रहरीका अनुसार महमदले नशालु पदार्थ खुवाएर महिलासँग भएका पैसा र गरगहनालगायत सामग्री लुट्ने गर्दै आएका थिए । महिलाकै नाममा होटलको कोठा बुक गरेर उनले आफ्नो पहिचान लुकाउने गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर