श्रीमतीको हत्या गरेर झुन्ड्याउने औसयद तीन महिनापछि पक्राउ – Nepal Press

श्रीमतीको हत्या गरेर झुन्ड्याउने औसयद तीन महिनापछि पक्राउ

काठमाडौं । रौतहटमा गत चैत १० झुन्डिएको अवस्थामा महिला फेला परेको घटनामा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ । चन्द्रपुर नगरपालिका– ९ डुमरियास्थित मुस्लिम टोलका औसयद महमद कवारी पक्राउ परेका हुन् ।

उनकी श्रीमती २१ वर्षीया तराना खातुन आफ्नै घरको कोठामा पंखामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । औसयदले तरानालाई घाँटी थिचेर मारेपछि पंखामा झुन्ड्याएको प्रहरीको दावी छ ।

सुरु आत्महत्या जस्तो देखिए पनि अनुसन्धानका क्रममा तरानाको श्रीमानबाट हत्या भएको पाइएको रौतहट प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिल्ला अदालत रौतहटबाट कर्तव्य ज्यान कसुरमा म्याद लिएर उनीमाथि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *