राजमार्ग छेउका होटलमा पैसा उठाउने नक्कली घुमुवा प्रहरी पक्राउ – Nepal Press

राजमार्ग छेउका होटलमा पैसा उठाउने नक्कली घुमुवा प्रहरी पक्राउ

काठमाडौं । आफू घुमुवा प्रहरी भन्दै राजमार्ग छेउका होटलहरुमा असुली गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

रौतहट प्रहरीले रौतहटको चन्द्रपुरका ३२ वर्षीय सुमन बस्नेतलाई पक्राउ गरेको छ ।

उनी प्रहरी नभएर सर्वसाधारण रहेको प्रहरीले जनाएको छ ।

उनलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ६ दिन समय मागेर अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *