ह्वाइट हाउस दंगाको नयाँ खुलासाः आन्दोलनकारीसँग हतियार भएको ट्रम्पलाई पहिल्यै थाहा थियो – Nepal Press

ह्वाइट हाउस दंगाको नयाँ खुलासाः आन्दोलनकारीसँग हतियार भएको ट्रम्पलाई पहिल्यै थाहा थियो

काठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा सन् २०२१ जनवरी ६ मा भएको दंगाको कारणबारे जारी सुनुवाइमा नयाँ खुलासा भएको छ । जसअनुसार अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्ना समर्थकहरुसँग हतियार रहेकोबारे पूर्वजानकारी थियो ।

ट्रम्पका सहयोगी क्यासिडी हचिन्सनले उक्त विषयमा छानबिन गरिरहेको कमिटीसमक्ष उक्त बयान दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सन् २०२१ को उक्त दंगालाई अमेरिकाको २०२० को राष्ट्रपति चुनावलाई उल्टाउने प्रयासको रुपमा लिने गरिन्छ । क्यासिडीको बयानअनुसार ट्रम्पलाई उनका समर्थकहरुसँग हतियार भएको पूर्वजानकारी रहेको र ट्रम्प स्वयं सो आन्दोलनमा सहभागी हुन चाहेका थिए ।

ट्रम्पले २०२० को राष्ट्रपति चुनावमा धाँधली भएको बताउँदै आफ्ना समर्थकहरुलाई सोविरुद्ध ह्वाइट हाउसतर्फ मार्च गर्न आग्रह गरेका थिए । तत्पश्चात उनका समर्थकहरुले हतियारसहित राष्ट्रपति कार्यालयमा धावा बोलेका थिए ।

सन् २०२१ को उक्त घटनालाई विश्व प्रजातन्त्रको इतिहासमाथि नै प्रश्न गर्ने घटनाको रुपमा व्याख्या गर्ने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर