ट्रेजरी बिलमार्फत राष्ट्र बैंककै पैसामा नाफा कमाउँदै बैंकहरू – Nepal Press

ट्रेजरी बिलमार्फत राष्ट्र बैंककै पैसामा नाफा कमाउँदै बैंकहरू

काठमाडौं । बैंकहरुले राष्ट्र बैंकसँग ७ प्रतिशतमा ऋण लिएर पुनः राष्ट्र बैंकमा नै लगानी गरेर बिना जोखिम ३ प्रतिशत नाफा कमाउन थालेका छन् ।

राष्ट्र बैंकबाट ७ प्रतिशतमा बैंकहरुले सापटी लिएर राष्ट्र बैंकको ऋणपत्र खरिद गरेर ३ प्रतिशत नाफा कमाइरहेका छन् ।

स्थायी तरलता सुविधामा पाइने सापटी ७ प्रतिशतमा लिएर बैंकहरुले ट्रेजरी बिलको ब्याज दर १० प्रतिशत आउने ठाउँमा लगानी गरिरहेका छन् ।

ट्रेजरी बिलको १०.६ देखि १०.८१ प्रतिशतसम्म व्याज पाउने गरेका छन् ।

स्थायी तरलताको ७ प्रतिशत ब्याजदरमा २ खर्बभन्दा धेरै लगानी भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर