चीनसँगको नाकामा सहज आवतजावतको व्यवस्थाका लागि व्यवसायीको माग (भिडिओ) – Nepal Press

चीनसँगको नाकामा सहज आवतजावतको व्यवस्थाका लागि व्यवसायीको माग (भिडिओ)

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले चीनसँग जोडिएका नेपाली भन्सार नाकामा नेपाली व्यवसायलाई सहजरूपमा आवतजावतको व्यवस्थाका लागि पहल गर्न आग्रह गरेको छ ।

बुधबार काठमाडौंमा चीनका लागि नेपालका नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठलाई बिदाई एवं सम्मान गर्दै महासंघले केरुङ, तातोपानीलगायतका नाकामा आवतजावतमा सहजीकरणका लागि पहल गर्न आग्रह गरेका हुन् । राजदूत श्रेष्ठले व्यवसायीलाई परेको समस्यालाई प्राथमिकतामा राख्ने बताए ।

नाकाभित्र रहेका समस्या समाधान गरी नाकालाई सहज बनाउन आफ्नो प्रयत्न हुने साथै भिसा समस्या समाधानका लागि पनि आफूले छलफल गर्ने आश्वस्त पारे ।

महासंघले चीनबाट आयात गरिने आधिकारिक ब्राण्डेड सामान तथा औषधिजन्य कच्चापदार्थको सहजीकरण गर्नुपर्ने, कृषिजन्य रासायनिक मल तथा बीउबिजनको आयातमा सहजीकरणका साथै व्यवसायीलाई सहज रूपमा भिसाका लागि पनि पहल गरिदिन आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर