११ महिनामा २७ अर्बभन्दा बढीको चामल नेपाल भित्रियो (भिडिओ) – Nepal Press

११ महिनामा २७ अर्बभन्दा बढीको चामल नेपाल भित्रियो (भिडिओ)

असार १५ मा सरकारको कार्यक्रम- कृषिमन्त्रीले मेसिनबाट रोपाइँ गरे

काठमाडौं । आज असार १५ अर्थात धान दिवस खेतमा काम गरी दहीचिउरा खाएर मनाइँदैछ ।

नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको विवरण केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको छ । त्यस्तै भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा अर्बौँ रकम बाहिरिएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २७ अर्ब १२ करोड एक लाख २३ हजार मूल्य बराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात भएको छ । त्यस्तै सोही अवधिमा १५ अर्बभन्दा बढीको धान आयात भएको छ ।

सरकारले २०६१ मंसिर २९ गते गरेको निर्णयअनुसार २०६२ असारदेखि आजको दिन राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्षको दिवसको मुल नारा ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ तय गरिएको छ ।

नेपालमा १५ लाख हेक्टर जमिनमा वर्सेनि झण्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यसै अवसरमा सरकारले राष्ट्रिय बाली बिज्ञान अनुसन्धान केन्द्र, खुमलटार फार्म परिसरमा १९ औं धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गर्‍यो । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले मेसिनबाट रोपाइँ गरेका छन् ।

मन्त्री यादवले नेपालमा धान उत्पादनका लागि सधैँ युरिया मल अभाव देखिएको स्वीकारे । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि हुँदा नेपालमा मल आपूर्तिको समस्या देखिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *