प्रचण्डलाई घनश्यामको जवाफ- तपाईँको बीउ उम्रिदैन, नेकपाको हाइब्रिड नै आवश्यक छ (भिडिओ) – Nepal Press

प्रचण्डलाई घनश्यामको जवाफ- तपाईँको बीउ उम्रिदैन, नेकपाको हाइब्रिड नै आवश्यक छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेमा माओवादीको बीउ छरेको भन्ने प्रचण्डको दाबीप्रति असहमति जनाएका छन् ।

वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले कुनै एउटा धारको बीउ अब नउम्रिने दाबी गरे ।

भुसालले भने, ‘कमरेड प्रचण्डले आज एमालेमा माओवादीको बीउ छरेर आएका छौं भन्नुभएछ । तर, उहाँले पनि ठीक ढंगले बुझ्न सक्नुभएन । अब एमालेको बीउ, माओवादीको बीउ, समाजवादीको बीउ चल्दैन, अब हाइब्रिड बीउ चाहिन्छ । अस्ति हामीले हाइब्रिड बनाएका थियौं त्यो भनेको नेकपा एउटा हाइब्रिड थियो । हाम्रो वुद्धि पुगेन भकारीमा आगो लगायौं । फेरि पनि हामी नेकपाको हाइब्रिड बीउ बनाउँछौँ ।’

भुसालले फेरि पनि नेकपा एकता गर्ने प्रण समेत गरे ।


प्रतिक्रिया

2 thoughts on “प्रचण्डलाई घनश्यामको जवाफ- तपाईँको बीउ उम्रिदैन, नेकपाको हाइब्रिड नै आवश्यक छ (भिडिओ)

  1. आफ्नो पार्टी बलियो बनाऔं, ब्रो। हाइब्रिडाइज गरिरहनु पर्दैन। आफ्नो पार्टी बलियो नबनाए लो ग्रेडको हाइ्ब्रिड बन्छ, जुन खच्चर न भाले बन्छ न पोथी नै।

  2. कमरेडका नचाहिने कुरा । बामदेव,घनश्याम आदि जाे आफै २०५४ सालमा पार्टी फाेरेर हिडेका थिए अहिलेसम्म पनि साेहि काममा लागेका छन् । काशी जान कुतीकाे बाटाे । केकाे एकता? याे उनीहरुको विचारधारा बाहिरकाे कुरा हाे ।

Leave a Reply to भीम काेईराला Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर