नवलपुरमा बाढीले डाइभर्सन बगाएपछि पूर्व-पश्चिम राजमार्ग बन्द (भिडिओ) – Nepal Press

नवलपुरमा बाढीले डाइभर्सन बगाएपछि पूर्व-पश्चिम राजमार्ग बन्द (भिडिओ)

नवलपरासी । बाढीका कारण सडक अवरुद्ध भएपछि पूर्व-पश्चिम राजमार्गको नवलपरासी खण्ड बन्द भएको छ ।

नवलपरासीपूर्व नवलपुरको अरुणखोला दुम्किबास सडक बीचमा निर्माण गरिएको ५ मध्ये ३ वटा डाइभर्सन बाढीले बगाएको प्रहरीले बताएको छ । नारायणगढ-बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पुल निर्माण स्थलमा डाइभर्सन निर्माण गरिएको थियो ।

अहिले सो राजमार्गमा यातायात अवरुद्ध हुनुका साथै सयौं यात्रु अलपत्र परेको नवलपुरका सूचना अधिकारी जयराम वन्तले बताए ।

वर्षा नरोकिएकाले डाइभर्सन तत्काल मर्मत गर्न सम्भव नभएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर