भोजपुरमा एमालेको रोपाइँ कार्यक्रम (तस्बिरहरू) – Nepal Press

भोजपुरमा एमालेको रोपाइँ कार्यक्रम (तस्बिरहरू)

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरले १९औँ राष्ट्रिय धान दिवसको अवसर पारेर रोपाइँ कार्यक्रम आयोजना गरेको छ ।

भोजपुर नगरपालिका वडा नम्बर ८ कमिटीको व्यवस्थापनमा पोखरेमा रोपाइँ गरिएको हो । कृषकलाई हौसला प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको एमालेले जनाएको छ ।

मानो खाएर मुरी उब्जाउने यो बेला ग्रामीण भेगमा आम्दानीको मूख्य स्रोत कृषिलाई प्रोत्साहन गर्दै कृषकहरूको हौसला बढाउन पार्टीले कार्यक्रम आयोजना गरेको अध्यक्ष शरणकुमार राईले बताए । उनले किसानलाई मल, बीउ अनुदानमा विशेष कार्यक्रम ल्याउनुपर्ने भन्दै राज्यको ध्यानाकर्षण पनि गराए ।

रोपाइँ सकिएपछि दहीच्यूरा खाएर असार १५ को खुसी साटासाट गरिएको छ ।

कार्यक्रममा एमाले भोजपुरका अध्यक्ष राई, उपाध्यक्ष मकर खड्का, उपमेयर निर्मला शेर्पा, वडाध्यक्ष नविन प्रधान, नेताहरू राजकुमार दंगाल, सृजना राई, विमल रणपहेँलीलगायत सहभागी थिए ।

हेरौं केही तस्बिर :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.