त्रिवि कर्मचारी संघमा गठबन्धनलाई पराजित गर्दै एमाले निकट प्यानल विजयी (परिणामसहित) – Nepal Press

त्रिवि कर्मचारी संघमा गठबन्धनलाई पराजित गर्दै एमाले निकट प्यानल विजयी (परिणामसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको मंगलबार सम्पन्न निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन समर्थित प्रजातान्त्रिक वाम लोकतान्त्रिक गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले निकट प्रगतिशील कर्मचारी समूह विजयी भएको छ ।

मंगलबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार गठबन्धनको प्यानललाई फराकिलो मतान्तरले पराजित गर्दै एमाले निकट प्यानल नै निर्वाचित भएको छ । असार १० गते देशभर भएको निर्वाचनको मतगणना असार १४ गते राति सकिएको हो ।

त्रिवि कर्मचारी संघको अध्यक्षमा एमाले निकट प्रगतिशील कर्मचारी समूहका छत्रवहादुर कार्की २ हजार ४४१ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार पुन्य प्रसाद आचार्यले १ हजार ९२७ मत प्राप्त गरेका छन् । उनीहरुबीच ५१४ मतको अन्तर परेको छ ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा एमाले निकट भुपेन्द्र लामा ३३५ मतान्तरसहित निर्वाचित भएका छन् भने महासचिवमा पनि एमाले निकटकै सृजना भोमी ३०९ मतान्तरमा निर्वाचित भएकी छन् । २५ सदस्यीय केन्द्रीय समितिका सबै पदमा एमाले निकट कर्मचारी निर्वाचित भएका छन् ।


प्रतिक्रिया

2 thoughts on “त्रिवि कर्मचारी संघमा गठबन्धनलाई पराजित गर्दै एमाले निकट प्यानल विजयी (परिणामसहित)

  1. बधाई तथा शुभकामना ठगबन्धन के भन्छन् अब।

Leave a Reply to Hom pathak Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर