रिसोर्टमा बेलुका बसेका थिए, बिहान उठेर युवतीले भनिन्- बलात्कार भयो – Nepal Press

रिसोर्टमा बेलुका बसेका थिए, बिहान उठेर युवतीले भनिन्- बलात्कार भयो

काठमाडौं । भक्तपुरको सूर्यविनायकस्थित एक रिसोर्टमा सोमबार साँझ सँगै बसेका युवकले बलात्कार गरेको भन्दै एक युवतीले प्रहरीमा जाहेरी दिएकी छन् ।

२१ वर्षीय ती युवतीले मंगलवार बिहान सवा ४ बजे ती युवकले बलात्कार गरेको भन्दै प्रहरीकहाँ पुगेकी थिइन् । प्रहरीले आरोपी युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका-२ बालकोटका २५ वर्षीय मनिष खत्री रहेका छन् । उनलाई जगातीबाट पक्राउ गरिएको भक्तपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार साँझ दुवै जना सूर्यविनायक-९ बाँसघारीस्थित रुहोसा रिसोर्ट पुगेका थिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.