कोटेश्वरमा हाइसको ठक्करबाट एकजनाको मृत्यु – Nepal Press

कोटेश्वरमा हाइसको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं । काठमाडौं कोटेश्वरमा हाइसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षका पैदलयात्री देवकुमार सेन रहेका छन् । उनको उपचारका क्रममा बी एण्ड बी अस्पलतामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरबाट सातदोबाटोतर्फ गइरहेको बा २ ख १२३१ नम्बरको हाइसले उनलाई ठक्कर दिएको हो ।

ओभर स्पिडमा रहेको हाइसले सेनलाई जोगाउन खोज्दा ३-००६ ख ०२९५ नम्बरको ट्रकसँग ठोक्किएको थियो । हाइसपनि क्षतिग्रस्त भएको छ ।

चालक फरार रहेको प्रहरीले जनाएको छ । घाइते सह चालकको सिभिल अस्पताल उपचार भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर